मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७८ भदौ ११ शुक्रबार १८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘स्पाइडर म्यान : नो वे होम’ले तोड्यो ‘एभेन्जर्स : एन्डगेम’को रेकर्ड

Read Time : < 1 मिनेट
एजेन्सी
२०७८ भदौ ११ शुक्रबार १८:२४:००

मार्बल कमिकमा आधारित मार्बल स्टुडियोको चलचित्र व्यावसायिक रूपमा सर्वाधिक सफल मानिन्छन्। सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा अधिकांश मार्बलका चलचित्रहरू पर्दछन्।

भर्खरै मात्र रिलिज भएको ‘स्पाइडर म्यान : नो वे होम’को ट्रेलरले एक दिनमा सबैभन्दा धेरैपटक हेरिएको रेकर्ड बनाएको छ। रिलिज भएको पहिलो २४ घन्टामा नै चलचित्रको ट्रेलरले ३५५.५ मिलियन भ्युज पाएको छ। यसअघि यो रेकर्ड ‘एभेन्जर्स : एन्डगेम’को नाममा थियो। यी दुवै चलचित्र मार्बल स्टुडियोले निर्माण गरेको हो।

यसअघि एन्डगेमको ट्रेलरले रिलिजको पहिलो २४ घन्टामा २८९ मिलियन भ्युज पाएको थियो। ‘स्पाइडर म्यान : नो वे होम’ डिसेम्बर १७ मा रिलिज गर्ने तयारी गरिएको छ।