Skip This
सांसद माया राईविरुद्ध दुई सातामै अनुसन्धान सकेर मुद्दा दायर गरियो 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३० मंगलबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार

सांसद माया राईविरुद्ध दुई सातामै अनुसन्धान सकेर मुद्दा दायर गरियो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १८:o३:oo

सहकारी ठगीको अभियोगमा पक्राउ परेकी कांग्रेस सांसद माया राईविरुद्ध दुई सातामै प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर गरेको छ। गत १३ वैशाखमा पक्राउ परेकी उनीविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको हो। 

उनीविरुद्ध ठगीका साथै संगठित अपराधको कसुरसमेत लगाइएको छ। जबकि संगठित अपराधको कसुरमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने प्रावधान भए पनि राईको हकमा भने प्रहरीले दुई सातामै सकाएको हो। फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनमा स्वेच्छाचारिता बढेको भनेर आलोचना भइरहेका वेला राईमाथि प्रहरीले छिटो अनुसन्धान प्रतिवेदन बुझाएको हो। 

उनीविरुद्ध ८ महिनाअघि नै पक्राउ पुर्जी जारी भएको थियो। तर, सत्ताको संरक्षणमा प्रहरीले पक्राउ गर्न सकेको थिएन। सर्वत्र प्रश्न उठेपछि प्रहरीले दुई साताअघि पक्राउ गरेको हो। उनी सहकारीको सञ्चालक भएको अवस्थामा २ करोड ४० लाख ४४ हजार मात्र हिनामिना भएको भन्दै सोहीअनुसार उनीविरुद्ध मागदाबी लिइएको छ। उनी कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा दुई कार्यकाल सञ्चालक बनेकी थिइन्। 

बयानको क्रममा उनले सहकारीको माइन्युटमा भएको हस्ताक्षर आफ्नो भएको उनले स्वीकार गरेकी छिन्।