१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
पोखरा बन्द क्याम्पमा सहभागी खेलाडीहरू ।
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ९ बुधबार ०७:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय टोलीबाट थप तीन खेलाडी बाहिरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ९ बुधबार ०७:४०:००

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप प्रतियोगिताका लागि सञ्चालन भइरहेको बन्द प्रशिक्षणबाट तीनजना खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरामा भइरहेको बन्द प्रशिक्षणबाट मंगलबार तीनजना खेलाडी बाहिरिएको जनाएको छ । एन्फाका अनुसार टोलीका मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लोज क्याम्पमा सहभागी २८ बाट २५ जना खेलाडी मात्रै छनोट गरेका छन् । 

यसपटक युवा स्ट्राइकर अभिषेक रिजाल, गोलरक्षक अर्पण कार्की र शिशिर लेखी बन्द प्रशिक्षणबाट बाहिरिएका हुन् । दुई सातादेखि पोखरामा नेपाली खेलाडीले साफ च्याम्पियनसिपका लागि तयारी गरिरहेका छन् । प्रशिक्षक अलमुताइरी गत साता मात्र पोखरा पुगेका थिए । नेपालले साफ च्याम्पिनयसिपअघि भारतसँग दरशथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाले मैत्रीपूर्ण खेल १५ र २० भदौमा हुने जनाएको छ । 

साफ च्याम्पियनसिप माल्दिभ्समा १५ देखि ३० असोजसम्म हुनेछ । बंगलादेशले साफ च्याम्पियनसिप नगर्ने भनेपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबेदारी प्रस्तुत गरेका थिए । तर, दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्सलाई आयोजनाको जिम्मेवारी दिएको हो । पाँच टोली सहभागी रहने प्रतियोगिताका राउन्ड रोविन लिगअनुसार हुनेछ । 

लिगका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ । नेपालले १५ असोजमा माल्दिभ्सविरुद्ध पहिलो खेल खेल्नेछ । यो खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुनेछ । नेपालको दोस्रो खेल १८ असोजमा श्रीलंकाविरुद्ध छ । नेपालले भारतविरुद्ध २९ असोजमा प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो अन्तिम खेल बंगलादेशसँग छ ।

साफ च्याम्पिनसिपमा नेपाल एकपटक पनि फाइनल पुगेको छैन । नेपालको उत्कृष्ट प्रदर्शन भनेकै सेमिफाइनलसम्म पुग्नु हो । भारतले साफ च्याम्पिनसिप सर्वाधिक सातपटक उचालेको छ । 

एसियन कपका लागि टोली घोषणा
एन्फाले एएफसी महिला एसियन कप २०२२ को छनोट प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । नेपाली महिला टोलीलाई मुख्यप्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेका छन् । एन्फाले मंगलबार प्रशिक्षक ग्यारीे छनोट गरेका अन्तिम २३ खेलाडीलाई नै राष्ट्रिय टोलीको घोषणा गरेको हो । एन्फाले बन्द प्रशिक्षणबाट २८ खेलाडीबाट २३ सदस्यीय टोलीमा झारेको छ । 

एसियन कप छनोट प्रतियोगिता उज्वेकिस्तानको जेएआर रंगशालामा हुनेछ । उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ । नेपालले आफ्नो पहिलो खेल २ असोजमा फिलिपिन्सविरुद्ध खेल्नेछ । त्यसपछि दोस्रो खेलमा नेपालले ५ असोजमा हङकङको सामना गर्नेछ । छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा स्थान पक्का गर्नेछ । 

भारतमा अर्को वर्ष सन् २०२२ को जनवरी २० देखि ६ फेब्रुअरीसम्म एसियन कप हुनेछ । एसियन कप छनोटमा घोषित टोलीबाट अमिशा कार्की, अन्चली वाइबा, हिमा चौधरी, मनीषा राउत र शर्मिला थापा बाहिरिएका छन् । यसैगरी ६ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । प्रिती राई, रश्मि घिसिङ, सबिता राना, रजनी थोकर, सिर्जना सिंह र निशा थोकर पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । 

बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी 
किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनील बल, मनीष डाँगी, अञ्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा 

नेपाली महिला टोली 
अञ्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्गामगर, रजनी थोकर, रश्मि घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंह