१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मानुषी लघुवित्तको आइपिओ बाँडफाँड, २३ लाख बढीको हात खाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १२:५२:oo

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटलले सोमबार बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरेर सर्वसाधारणमा आइपिओ जारी गरेको थियो। २३ लाख ६१ हजार आठ सय २७ जनाले आवेदन दिएकामध्ये गोलाप्रथाबाट ३६ हजार आठ सय ५९ आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् भने तीनजनाले ११ कित्ता सेयर पाएका छन्। सात हजार ४३ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। २३ लाख २४ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

आइपिओको नतिजा मेरा सेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको थियो। आइपिओ जारी भएसँगै कम्पनीको चुक्तापुँजी १० करोड ९३ लाख ७५ हजार पुगेको छ।

ad
ad