मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २ बुधबार o७:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एसियन कप छनोटको पहिलो  खेल नेपालले फिलिपिन्ससँग खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २ बुधबार o७:२१:oo

एसियाली फुटबल महासंघ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार छनोटको समूह ‘एफ’मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी २ असोजमा उज्वेकिस्तानमा खेल्ने तय भएको छ । नेपालले आफ्नो दोस्रो खेल हङकङसित असोज ५ असोजमा खेल्नेछ । यसैगरी सो समूहअन्तर्गत फिलिपिन्स र हङकङबीचको खेल ८ असोजमा हुनेछ । 

नेपाल सहभागी समूह ‘एफ’को खेल नेपालमा सञ्चालन हुने भनिए पनि अन्तिममा आएर कोरोनो महामारीका कारण उज्वेकिस्तानमा सारिएको थियो । उक्त समूहको शीर्ष स्थानमा रहने टोली आगामी वर्ष भारतमा आयोजना हुने एसियन कपका लागि छनोट हुनेछ । एसियन कप छनोटका तयारीका लागि २८ महिला खेलाडी बन्द प्रशिक्षणमा छन् । सो टोलीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिइरहेकी छन् । 

बन्द प्रशिक्षणमा हीरा भुजेल, इन्द्रा राई, मनीषा राउत, मञ्जली थोकर, निशा थोकर, प्रिती राई, पूजा राना, पुनम जर्गामगर, रजनी थोकर, अञ्जना रानामगर, एन्जिला सुब्बा, उषा नाथ, अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिमा चौधरी, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू, शर्मिला थापा र सिर्जना सिंह रहेको एन्फाले जनाएको छ ।