१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ भदौ १ मंगलबार १८:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली पक्षको निष्कर्ष : दलसम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको एथिक्सविपरीत, नेपाल पक्षलाई माफी नदिने (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ भदौ १ मंगलबार १८:२२:oo

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केपी ओली पक्षका सांसदले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई माफी नदिने बताएका छन्। मंगलबार काठमाडौंमा बसेको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताएका हुन्।

सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटनसम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको इथिक्सबाहिर भएकाले त्यसलाई विरोध गर्ने बताए। उनले भने, ‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्विप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टीभित्रको कारबाहीको कुरा स्वाभाविक हो, पार्टीविरोधी गतिविधि गर्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ, पार्टीको विरुद्धका गतिविधिमा लाग्नेहरूलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्ने आमकार्यकर्ताको माग छ, त्यसअनुसार पार्टी अगाडि बढ्छ ।’