१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कान्द्रा नदीले हुलाकी सडक बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:१६:oo

 कान्द्रा नदीमा आएको बाढीले भजनी नगरपालिका–५, लालबोझीस्थित हुलाकी सडक बगाएको छ । नदी कटानले करिब डेढ सय मिटर सडक बगेको स्थानीयले बताएका छन् । नदीमा पानीको बहाव बढेसँगै कटान तीव्र भएपछि दर्जनभन्दा बढी घर जोखिममा परेका छन् ।

हुलाकी सडक नदी कटानले बगाउँदा त्यहाँबाट सवारीसाधन आवत–जावत ठप्प भएको छ । स्थानीयले खेतको आलीबाट हिँडडुल गरिरहेका छन् । सवारीसाधन घुमेर वैकल्पिक बाटो प्रयोग गर्नुपरेको स्थानीय आशारामा चौधरीले बताए । वैकल्पिक बाटो धेरै घुम्नुपर्ने र हिलाम्य हुँदा सास्ती खेप्नुपरिरहेको उनले बताए । ‘बाटो बगिसक्यो, छेउछाउनजिकका घरहरू जोखिममा छन्,’ चौधरीले भने, ‘बाढी बढे कटानले धेरै ठूलो क्षति गर्छ ।’ 

ग्राभेल गरिएको हुलाकी सडक कटान भएको हो । कटान नरोकिएकाले सडकमा थप क्षति भइरहेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले बताए । नदी कटानको उच्च जोखिम रहेको भन्दै त्यहाँ करिब पाँच सय मिटर हुलाकी सडक कालोपत्रे हुन सकेको छैन । त्यसको पूर्व–पश्चिम दुवैतिर सडक कालोपत्रे भइसकेको छ । त्यहाँ तटबन्धसहितको सडक निर्माणका लागि डिपिआर तयार भएको आयोजना कार्यालयले जनाएको छ । ‘त्यो ठाउँमा करिब पाँच सय मिटर सडक कटानको जोखिममा रहेकाले कालोपत्रे नगरिएको हो,’ मडैले भने, ‘डिपिआर बनेको छ, विभागले स्वीकृत गरेपछि टेन्डर हुन्छ ।’ तटबन्धसहितको सडक बने स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिनेछन् ।
 

ad
ad