मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २९ शुक्रबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २९ शुक्रबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्येष्ठ नागरिक, दीर्घरोगीलाई घरघरमा पुगेर खोप लगाउन सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २९ शुक्रबार १६:oo:oo

सर्वोच्च अदालतले ज्येष्ठ नागरिक, दीर्घरोगी र फरक क्षमता भएकालगायतलाई घरघरमै पुगेर कोरोना कोभिड- १९ विरुद्धको खोप लगाउन अन्तरिम आदेश दिएको छ। अधिवक्ता प्रवेश केसीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सरकारका नाममा शुक्रबार यस्तो आदेश दिएको हो।

‘खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घरोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरूसमेतका लागि राज्यले वडास्तरबाट लगत संकलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिव समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नू–गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ। 

आदेशमा आदेश जारी गर्नु नपर्ने कारण भएमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई कारणदेखाऊ आदेशसमेत जारी गरेको छ।