१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा चेरी कारको वितरक एसपिजी अटोमोबाइल्स 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:o७:oo

अटोमोबाइल ब्रान्ड चेरी नेपाली बजारमा भित्रिने भएको छ । चेरीका लागि नेपालमा सारडा ग्रुपअन्तर्गतको एसपिजी अटोमोबाइल प्रालि अधिकारिक वितरक नियुक्त भएपछि उक्त गाडी नेपालमा आउने भएको हो । 

कम्पनीले उक्त गाडी चाँडै नै नेपालमा आइपुग्ने जनाएको छ । दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै  नेपाली अटोमोबाइल क्षेत्रको विकासमा टेवा पुग्ने कम्पनीले जनाएको छ ।

नेपालमा दीर्घकालीन व्यापार रणनीतिको अनुसरण गर्दै चेरी ब्रान्ड इन्टरनेसनलले नयाँ उत्पादनको माध्यमबाट प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न र बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

हाल चेरी ब्रान्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता रहेको जनाइएको छ । चेरी ब्रान्डका एसेम्बल र पार्टपुर्जा उत्पादन गर्ने प्लान्ट चीनलगायत विश्वका १५ देशमा रहेको कम्पनीले जनाएको छ । हाल विश्व  बजारमा चेरी ब्रान्डका २० भन्दा बढी मोडलहरू बिक्री भइरहेको जनाइएको छ । 

ad
ad