मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ श्रावण २१ बिहीबार ०९:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ : आत्महत्या, हत्या र बलात्कारका घटना बढ्दो 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ श्रावण २१ बिहीबार ०९:२८:००

प्रदेश १ मा हत्या, आत्महत्या र बलात्कारका घटना बढ्दो रूपमा पाइएको  छ ।  प्रदेश १ प्रहरीको अपराध तथ्यांकअनुसार गएको तीन वर्षमा हत्या, आत्महत्या र बलात्कारका अपराध बढ्दो रहेको पाइएको हो । गत वर्ष प्रदेश १ मा एक हजार पाँच सय १६ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७६/७७ मा एक हजार तीन सय ४४ जनाले र  ०७५/७६ मा एक हजार दुई सय ३४ जनाले आत्महत्या गरेका थिए  । 

प्रदेश १ मा गत वर्ष ०७७/७८ मा जम्मा सात  सय ६० वटा बलात्कारका अपराध भएका छन् । जसमा पाँच सय ९० जबर्जस्ती बलात्कार र एक सय ७० बलात्कार प्रयास अपराध छन् । आर्थिक वर्ष ०७६/७७ मा जबर्जस्ती बलात्कार चार सय ७६ र बलात्कार प्रयास एक सय ६४ गरेर जम्मा ६ सय ४० वटा मात्र बलात्कार अपराध भएका थिए । गत वर्ष प्रदेश १ मा एक सय ४३ जनाको हत्या भएको छ । आर्थिक वर्ष ०७६ /७७ मा एक सय ६ जनाले र ०७५/७६ मा एक सय ३१ जनाको हत्या भएको थियो । 

प्रदेश १ मा अघिल्लो वर्षभन्दा गत वर्ष अपराधको संख्या पनि बढेको छ । गत वर्ष प्रदेशभरि कुल सात हजार तीन सय ८४ वटा मुख्य अपराध भएका थिए । ०७६/७७ मा चाहिँ सात हजार ९१ वटा मात्र अपराध भएका थिए ।  प्रदेश १ मा गत वर्ष सामाजिक अपराधमा भने कमी आएको छ ।

गत वर्ष एक हजार तीन सय ३१ वटा सामाजिक अपराध भएकोमा अघिल्लो वर्ष ०७६/७७ मा सामाजिक अपराधको संख्या एक हजार आठ सय ४४ र ०७५/७६ मा दुई हजार ९३ थियो । प्रदेश १ मा गत वर्ष २३ वटा  मानव बेचबिखनका, लागुऔषधका दुई हजार आठ सय २८  र  ८२ वटा अन्य विभिन्न अपराधका घटना भएका छन् ।