मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १७ आइतबार २२:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १७ आइतबार २२:३७:००

सत्य घटनामा आधारित उपन्यास ‘सखिला’ विमोचन गरिएको छ । उत्तम निरौलाद्वारा लिखित उपन्यास शनिबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार पद्मावती सिंहले विमोचन गरिन् । 

उपन्यासमा नेपाली महिलाले भोग्नुपरेका विभिन्न सामाजिक पाटो उजागर गरिएको छ । सिंहले नेपाली नारीहरूले समाजमा भोग्ने उत्पीडन र मनोवैज्ञानिक असरको विषयमा स्रष्टाले कलम चलाउनु नारीहरूको निम्ति गौरवको विषय भएको बताइन् । 

‘सखिला’ तथा दृष्टिकोण परिवारले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ, शंकर भारती, वृन्दादेवी निरौला, विश्वराज ढुंगानालगायतको उपस्थिति रहेको थियो । 

लेखक निरौलाको दोस्रो कृति ‘सखिला’ हिमशिखर बुक्सले बजारमा ल्याएको हो ।