१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १९:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे अन्यथा सोच्ने वेला भइसकेको छैन : नेम्वाङ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १२ मंगलबार १९:३५:००

एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गणतन्त्र, धर्मनिरपेक्षता तथा समावेशितालगायतका राजनीतिक उपलब्धिहरूको विषयमा अन्यथा सोच्ने वेला नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूको प्रश्नमा नेम्वाङले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशितालगायतका राजनीतिक परिवर्तनहरू संविधानसभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धि भएकोले यसबारे अन्यथा सोच्न नहुने बताएका हुन् । यद्यपि, लोकतान्त्रिक मुलुक भएकाले छलफल जुनसुकै विषयमा हुन सक्ने उनको तर्क छ । 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता भनेको संविधानसभाले ल्याएको सबैभन्दा ठूलो उपलब्धिभित्र पर्छ । यो मेरो व्यक्तिगत राय हो । अरू कसैलाई अरू राय लागेको हुन सक्छ । त्यसैले त यो लोकतन्त्र हो । अझै संविधानसभाले बनाएको संविधानअन्तर्गत स्थापित मूल्य र मान्यताहरू देशमा छन् । त्यसैले यो लोकतन्त्रमा त छलफल जुनसुकै विषयमा हुन सक्छ । तर, मलाई लागेको के हो त भन्दा यी त हामीले ल्याएका राम्रा उपलब्धिहरू हुन् । ती उपलब्धिहरूको बारेमा अहिले अन्यथा सोच्ने वेला भइसकेको छैन कि भन्ने मलाई लाग्छ ।’

नेम्वाङले एमालेलाई एकताबद्ध बनाउन आफूहरू लागिरहेको पनि बताए । उनले पार्टीभित्र एकताको विपक्षमा कोही नभएको दाबी पनि गरे ।