Skip This
जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार ११:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार ११:५५:oo

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई सशरीर आयोगमा बोलाएको थियो।

आयोगमा साउन ३ गतेदेखि आधिकारिकतासम्बन्धी बहस भएको थियो। बहसपछि आयोगले बिहीबार यस्तो निर्णय गरेको थियो। निर्वाचन आयोगले जसपाको आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा इजलास गठन गरेको थियो। 

अध्यक्ष उपेन्द्र यादव पक्षले एकताताकाकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पुनर्गठन गरिएको कार्यकारिणी समितिलाई मान्यता दिनुपर्ने माग गरेको थियो। ठाकुर पक्षले आफूनिकट नेतालाई कार्यकारिणी समितिमा मनोनीत गर्दै आफूसँग बहुमत रहेको दाबी आयोगमा गरेको थियो। सनाखतपछि आजै आयोगको निर्णय आउन सक्ने आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
 

ad
ad