१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईका कर्मचारीले पर्यटन बिदामा घुम्न जानैपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१५:oo

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारीलाई अनिवार्य पर्यटन बिदाको नियम ल्याएको छ । कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा ७ दिन आन्तरिक पर्यटकीय स्थलमा अनिवार्य रूपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको हो ।

कोभिड–१९ महामारीको अवस्थाले विदेशी पर्यटकहरूको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको जनाएको छ । कोभिड–१९ को महामारीका कारण पूर्ण रूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको बैंकको ठम्याइ छ ।

यस्तो परिस्थितिमा थोरै भए पनि आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीहरूले अनिवार्य रूपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको जनाइएको छ । बैंकमा हाल ३ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । 

बैंकले देशका ७६ जिल्लामा २ सय ७३ शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन र राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ । 

ad
ad