मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ८ शुक्रबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ श्रावण ८ शुक्रबार १८:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन सक्दैन : अर्थमन्त्री (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ८ शुक्रबार १८:४६:oo

अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन् ।  अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका हुन् ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्वपदाधिकारीसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘संसदमा टेबेल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन सक्दैन अर्थमन्त्री संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन सक्दैन अर्थमन्त्री संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन सक्दैन, अर्थमन्त्री संसदमा मैले अध्यादेश टेबुल गरिसकेको छु । संसदले एक ढंगले त्यो टुंगो लगाउँला । त्यो टुंगिएपछि मात्र अर्थ मन्त्रालय प्रभावकारी रूपमा अघि बढन सक्ने अवस्था आउनेछ ।’

व्यवसायहरू धराशायी अवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले त्यसका जटिलतालाई हटाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । उनले  वित्तीय तथा आर्थिक अनुशासनको संकट हल गर्नुपर्ने, नीति निर्माणको तहमा उठेका प्रश्नको जवाफ दिनुपर्ने चुनौती आफूमाझ रहेको पनि स्पष्ट पारे । अर्थमन्त्री शर्माले बजेट हुने योजना नहुने, योजना हुने बजेट नहुने अवस्था अन्त्य गर्नुपर्नेमा पनि आफू सचेत रहेको बताए ।

अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्रको यथार्थता चित्रण आमनेपाली जनतालाई जानकारी गराउने पनि दोहोर्‍याए । उनले  मन्त्रालय जनतालाई सहजीकरण गर्ने निकायजस्तो नभएकोमा असन्तुष्टि व्यक्त गर्दै गरी त्यसलाई पुनर्संरचना गरेर अघि बढने योजना पनि सार्वजनिक गरे । अर्थमन्त्री शर्माले भने, ‘मन्त्रालय भनेको जनतालाई सहजीकरण गर्ने निकायजस्तो हुनुपर्नेमा आफ्नै संरचनाहरूमा जेलिएको अवस्थामा छ । यस्तो अवस्थामा मन्त्रालय भित्रै पुनर्संरचना गरेर अघि बढनुपर्नेछ ।’

अर्थमन्त्री शर्माले मन्त्रालयका सबै कामलाई पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे । कार्यक्रममा सेजनका पदाधिकारीले कोरोनाका कारण थिलथिलो बन्न पुगेको अर्थतन्त्रलाई पुनर्जीवन दिने कामका पहल गर्न मन्त्री शर्मालाई सुझाब दिएका थिए ।