Skip This
पेगासस जासुसी : अम्बानी र सिबिआई पूर्वप्रमुख पनि निगरानीमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
एजेन्सी
Invalid date format १o:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पेगासस जासुसी : अम्बानी र सिबिआई पूर्वप्रमुख पनि निगरानीमा

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format १o:५२:oo

इजरायली कम्पनी एनएसओले निर्माण गरेको जासुसी सफ्टवेयर पेगाससको निगरानीमा रहेका विश्वका प्रभावशाली व्यक्तिहरूको नाम खुलासा हुँदै गएको छ। उक्त सूचीमा भारतका उद्योगपति अनिल अम्बानी र केन्द्रीय जाँच ब्युरो (सिबिआई)का पूर्वप्रमुख आलोक बर्माको पनि नाम रहेको द वायरले जनाएको छ।

बर्मालाई केन्द्र सरकारले सन् २०१८ मा सिबिआई प्रमुखबाट बर्खास्त गरेको थियो। अम्बानीसँगै उनको कम्पनी एडिएका अधिकारीहरू र दसल्ट एभिएसन (राफेल विमान बनाउने कम्पनी)का प्रतिनिधि वेंकट राव पोसिनालगायत अन्य अधिकारीहरूको समेत निरन्तर निगरानी गरिएको पाइएको छ।

पेगासस प्रोजेक्ट विश्वभरका १७ प्रभावशाली सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको समूह हो, जसले एनएसओ ग्रुपको जासुसी सफ्टवेयरबाट भएको निगरानीको जाँच गरिरहेको छ।

उक्त सफ्टवेयरको प्रयोग गरेर विश्वभरका ५० हजारभन्दा धेरै पत्रकार, अधिकारकर्मी, वकिललगायतको जासुसी गरिएको खुलेको छ। उक्त सूचीमा भारतका तीन सयभन्दा धेरै प्रभावशाली व्यक्तिहरूको नाम समावेश रहेको बताइएको छ।

भारतमा विपक्षीहरूले यो जासुसी प्रकरणमा सरकारलाई जिम्मेवार देखाउँदै बिहीबार संसद्को बैठकसमेत अवरुद्ध गरेका थिए।