Skip This
जनमतकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा राजीनामा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३० मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ३० मंगलबार १८:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनमतकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ३० मंगलबार १८:३५:oo

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन्। मंगलबार प्रदेश सभामुखको नाममा राजीनामा पत्र सार्वजनिक गर्दै जनताले आफूमाथि गरेका आशा पूरा गर्न नसकेको जनाएकी छिन्।

संविधानको धारा १८० (क)मा प्रदेश सभा सदस्यले प्रदेश सभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था छ।

यद्यपि सभामुख तुलाराम घर्ती मगरले गीताको राजीनामा सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्।