मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : होमनाथ पन्थी
२०७८ श्रावण ६ बुधबार १३:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मर्स्याङ्दीको बाढीले मनाङमा झोलुंगेपुल बगायो

Read Time : < 1 मिनेट
२०७८ श्रावण ६ बुधबार १३:०८:००

 मर्स्याङ्दीमा आएको बाढीले मनाङकाे चामे बजारमा रहेको झोलुंगेपुल  बगाएको छ । मंगलबार  राति आएको बाढीले माथिल्लो मनाङ जोड्ने झोलुंगेपुल बगाएको चामे गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

झोलुंगेपुल बगाएपछि माथिल्लो मनाङ जाने बेलिब्रिज जोखिममा परेपछि स्थानीय उक्त पुलबाट आवातजावतमा गर्थे । झोलुंगेपुल पनि बगाएपछि स्थानीयलाई वारपार गर्नसमेत समस्या भएको छ ।

यस्तै, चामेको कोतो बजारबाट नार्पाभूमि जाने अर्को झोलुंगेपुल पनि जोखिममा परेको छ । बाढीले  झोलुंगेपुल बगाउने जोखिम भएपछि स्थानीयलाई आवतजावतमा रोक लगाइएको मनाङ प्रशासनले जनाएको छ ।

असार १ को बाढीले मनाङमा सडक, पुल, विद्यालय भवन र बस्ती बगाउने खतरा बढेसँगै  सशस्त्र प्रहरीले नियन्त्रणको प्रयास गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङका डिएसपी होमनाथ पन्थीले बताए । उनका अनुसार मर्स्याङ्दी नदीले धार परिवर्तन गरेसँगै  लोकप्रिय माविको तीनवटा भवन बगाएको छ । बाढीका कारण माथिल्लो मनाङ जाने एक मात्र बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ ।