१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गगन थापा भन्छन्– झलनाथ खनालको उपचार खर्च जुटाउन तयार छौँ, सरकारी खर्च प्रयोग नगरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १२:५o:oo

नेपाली कांग्रेसका नेता गगन थापाले विदेशमा उपचार गरेको खर्च सरकारले दिनु गैरकानुनी भएको बताएका छन्।

०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने व्यवस्था भएको र ०७५ असोज २ गतेदेखि लागू भइसकेको उनले स्मरण गरेका छन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने चर्चा चलिरहेको समयमा थापाले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्।

‘जहाँसम्म पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारको सन्दर्भ छ हामी सबै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा अभूतपूर्व योगदान पुर्‍याउनुभएका झलनाथ खनालले पछिल्लोपटक निजी नाफाघाटाको हिसाब नगरी संविधान र लोकतन्त्रको पक्षमा आफूलाई जसरी उभ्याउनुभएको छ यसले उहाँको कद अझ बढेको छ। झलनाथ खनालसमेतको अडान र नेतृत्वदायी भूमिकाका कारणले जोगिएको संसदमा सँगै काम गर्न हामी प्रतीक्षारत छौँ,’ उनले भनेका छन्, ‘उहाँको उपचारका लागि परिवार, स्वजन, पार्टीपंक्ति लागिरहेकै छ। उहाँलाई उपचार खर्च जुटाउनुपर्ने अवस्था नै आएमा त्यसको लागि देश–विदेशमा रहेका हामी सबै नेपाली हरदम तयार छौँ र रहन्छौँ नै। यस्तो वेलामा उहाँको विदेशमा गरेको उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाई उहाँको बारेमा अनावश्यक टीका–टिप्पणी गर्ने वातावरण बनाएर उहाँ र उहाँको परिवारलाई दुःखी नबनाऊँ।’

उनले अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्नेछैन भन्ने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा सचेत रहेको विश्वास व्यक्त गरेका छन्।  उक्त कानुन कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने उनको भनाइ छ।


 

ad
ad