मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Friday, 14 August, 2026
हदिश खुद्दार जनकपुरधाम
२o७८ श्रावण ६ बुधबार o७:३७:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

प्रदेश २ सरकारको ६६ प्रतिशत बजेट खर्च 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार o७:३७:oo

प्रदेश २ सरकारले अहिलेसम्म सबभन्दा बढी बजेट आर्थिक वर्ष ०७७/७८ मा खर्च गर्न सफल भएको छ । स्थापना भएको ४ वर्षमा आधा बजेट मात्रै खर्च गर्दै आएको प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ मा ६५ दशमलव ५६ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो । 

चालू आर्थिक वर्षको ११ महिनासम्ममा प्रदेश सरकारले ३१ दशमलव ४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको थियो । तर, असारमा खर्च ह्वात्तै बढेपछि खर्च प्रतिशत बढ्न गएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरले जनाएको छ ।  

आर्थिक वर्ष ०७७/७८ मा ३३ अर्ब बजेट रहेकोमा प्रदेश सरकारले चालूतर्फ ६१ दशमलव ५६ र पुँजीगततर्फ ६८ दशमलव ८७ प्रतिशत खर्च भएको प्रदेश कोलोनिकाले जनाएको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ७० दशमलव ७९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५० प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ६६ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ५३ प्रतिशत, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको ४५ प्रतिशत र सामाजिक विकास मन्त्रालयको बजेट ७० दशमलव ४४ प्रतिशत खर्च भएको छ । यसअघि आर्थिक वर्ष ०७६/७७ मा ५० प्रतिशत र आर्थिक वर्ष ०७५/७६ मा ४७ प्रतिशत मात्रै खर्च भएको थियो । 

विगतमा कोरोना महामारी, कर्मचारी र ऐनको अभावमा प्रदेश सरकारले सोचेजस्तो बजेट खर्च गर्न नसकेको आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले बताइन् । तर, आर्थिक वर्ष ०७७/७८ मा कोरोना महामारीको प्रभाव कम परेको र विगतका अनुभवले गर्दा पनि विकास बजेट खर्च सन्तोषजनक रहेको उनको भनाइ छ ।