१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १४:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

सफ्टवेयर प्रयोग गरेर जासुसी : अधिकारकर्मी, पत्रकार र वकिल निशानामा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका लण्डन
२o८१ बैशाख १८ मंगलबार १४:१३:oo

इजरायली टेक्नोलोजी कम्पनी एनएसओ ग्रुपले निर्माण गरेको स्पाइवेयर (जासुसी गर्न प्रयोग हुने सफ्टवेयर) प्रयोग गरी विश्वका विभिन्न देशका सरकार प्रमुख, अधिकारकर्मी, पत्रकारलगायत ५० हजारभन्दा धेरैको जासुसी गरिएको तथ्य खुलेको छ। 

एम्नेस्टी इन्टरनेसनल र फरबिडन स्टोरिजले सार्वजनिक गरेको प्रतिवेदन ‘पेगासस प्रोजेक्ट’ले यस्तो तथ्य बाहिर ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विश्वभरका १७ सञ्चारगृहका ८० भन्दा बढी पत्रकारको सहकार्यमा उक्त प्रतिवेदन तयार गरिएको हो। तानाशाही शासकहरूले आफूविरुद्धको आवाजलाई दबाउन सो स्पाइवेयरको दुरुपयोग गरेकाे पाइएको हो।

समाचार संस्थाहरू एएफपी, एपी, रोयटर्स तथा द वाल स्ट्रिट जर्नल, सिएनएन, न्युयोर्क टाइम्स, अल जजिरा, द इकोनोमिस्ट, द गार्जियनलगायतका ठूला सञ्चारगृहका पत्रकारहरूमाथि जासुसी भएको बताइएको छ। 

सन् २०१८ अक्टोबर २ मा स्तानबुलमा हत्या गरिएका साउदी अरबका पत्रकार जमल खसोग्गीको परिवार पनि निशाना बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

हत्याअघि र पछि पनि उनी र उनको परिवारमाथि निरन्तर निगरानी गरिएको दाबी गरिएको छ।

‘एनएसओको जासुसी सफ्टवेयर पत्रकारको बोली बन्द गराउने, अधिकारकर्मीमाथि आक्रमण गर्ने र असहमति जनाउनेलाई खत्तम गर्न कसरी दमनकारी सरकारको रोजाइको हतियार बनेको छ भन्ने पेगासस प्रोजेक्टले खुलाएको छ,’ एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामर्डले बताए।

यही स्पाइवेयर प्रयोग गरी भारत सरकारले समेत तीन सयभन्दा बढी नागरिकको जासुसी गरेको बताइएको छ। भारत सरकारले सन् २०१७ देखि सन् २०१९ सम्म मन्त्री, विपक्षी दलका नेताहरू, पत्रकार, कानुन व्यवसायी, व्यापारी, सरकारी कर्मचारी, अधिकारकर्मीलगायत तीन सयभन्दा बढीको जासुसी गरेको प्रतिवेदनलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

तर, सफ्टवेयर निर्माता कम्पनीले भने आफूहरूले सरकारी अधिकारीहरूलाई मात्र स्पाइवेयर बिक्री गर्ने गरेको दाबी गरेको छ। कम्पनीले हालसम्म ३६ देशका सरकारलाई स्पाइवेयर बिक्री गरेको बताए पनि उसले ती देशको नाम सार्वजनिक गर्न भने अस्वीकार गरेको छ। 

प्रयोगकर्ताको स्मार्टफोनमा इन्स्टल भएपछि यो स्पाइवेयरले प्रयोगकर्ताको मोबाइलमा भएको सबै सामाजिक सञ्जालको म्यासेजसहित फोन नम्बर, इमेललगायतका जानकारीहरू लिने गर्छ। यसअघि सन् २०१९ मा पनि यो कम्पनीले निर्माण गरेको स्पाइवेयर प्रयोग गरी डाटा लिक भएको थियो। एजेन्सीको सहयोगमा
 

ad
ad