१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संसद् बचाउने पक्षमा पहिलेको भन्दा धेरै मत छ : प्रधानमन्त्री देउवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:३१:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्। कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले आफूले प्रतिनिधिसभामा विश्वासको मत पाउने वातावरण तय भइसकेको बताए। उनले संविधान र लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयनका लागि आफ्नो पक्षमा पहिलेको भन्दा राम्रो संख्या रहेको धारणा राखे।

‘जसपाका सांसदको संख्या पनि बढेको छ। माधव नेपालजीहरूले पनि विश्वासको मत दिने भन्नुभएको छ। त्यसैले यो संसदलाई पूरा अवधिसम्म चलाउनुपर्छ भन्ने पक्षमा पहिलेको भन्दा धेरै मत छ,’ देउवाले भनेको उदृत गर्दै एक सांसदले भने। 

प्रधानमन्त्री देउवाले सबै सांसदलाई अनिवार्य उपस्थित भएर आफूलाई विश्वासको मत दिन र त्यसका लागि वातावरण तयार गर्न निर्देशनसमेत दिए। यसअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिनिधिसभाको पुनर्स्थापना र संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि १४६ सांसदको हस्ताक्षरसहित देउवासमेतले सर्वोच्च अदालतमा रिट हालेका थिए। 

सर्वोच्चको गत सोमबारको फैसलाले देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका हुन्। देउवाले विश्वासको मत नपाए संविधानको धारा ७६ (७) बमोजिम संवैधानिक रूपमै प्रतिनिधिसभा विघटन हुने व्यवस्था छ। 

त्यसकारण यो विश्वासको मत सरकारको निरन्तरताका लागि मात्रै नभई प्रतिनिधिसभा, संसदीय व्यवस्थाका मूल्यमान्यता र संविधानको रक्षाका निम्ति महत्वपूर्ण भएको देउवाको भनाइ थियो। 

सत्तारुढ दल बनेपछि बसेको पहिलो बैठकमा देउवाले संविधान, लोकतन्त्र र संसदीय व्यवस्थाको रक्षाका निमित्त साथ दिने सबै दल र नेताहरूप्रति धन्यवाद प्रकट गरेका छन्। देउवाले त्यसका लागि मार्गप्रशस्त गर्ने पूर्वप्रधानमन्त्री केपी ओली र सहयोग गर्ने राष्ट्रपतिलाई पनि धन्यवाद भनेका थिए | 

ad
ad