१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

हुम्लाका युवाले निर्माण गरे गोठालाको कथामा आधारित म्युजिक भिडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:o२:oo

दुर्गम हिमाली जिल्ला हुम्लाका युवाहरूले गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि हुम्लाका युवाहरू मिलेर हुम्लामै छायांकन गरेका छन् । 

देउडा संस्कृतिलाई माया गर्ने स्रष्टाहरूलाई बजारीकरणमा टिक्न र बिक्न समस्या भएपछि लोप हुन थालेको देउडा ठाडी भाका गीतमा स्थानीयस्तरमै युवाहरू म्युजिक भिडियो उत्पादनमा लागेका हुन् ।  

 

समयको परिवर्तनसँगै बजारमा रिमिक्स, आधुनिक, लोकगीत–संगीतको हाबी भएको छुट्टै पहिचान बोकेको देउडा ठाडी भाका लोप हुँदै गएको भन्दै  स्थानीयस्तरमै देउडा ठाडी भाका गीतको छायांकन गरेको निर्देशक पदमराज हमालले जानकारी दिए । 

‘जिन्दगी अधुरो बनाई छोडी बाईगई माया’ बोलको  देउडा ठाडी भाका गीत हुम्लामै पहिलोपटक निर्माण गरेको निर्देशक हमालले बताए । गोठालाहरूको दुःखपीडामा आधारित बनाई माया प्रेमको भाव झल्काउने गीतको भाव रहेको निर्देशक हमालको भनाइ छ । गीत स्थानीय गायक मनबहादुर थापाको स्वर र शब्दमा रहेको छ । 

ad
ad