Skip This
ad
खेलाडीलाई हौसला दिन रंगशालामै पुगे बेलायतका राजकुमार र प्रधानमन्त्री
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
एजेन्सी लन्डन
२o८१ बैशाख २६ बुधबार o८:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

खेलाडीलाई हौसला दिन रंगशालामै पुगे बेलायतका राजकुमार र प्रधानमन्त्री

Read Time : < 1 मिनेट
एजेन्सी लन्डन
नयाँ पत्रिका लन्डन
२o८१ बैशाख २६ बुधबार o८:४९:oo

युरोकप २०२० अन्तर्गत बुधबार राति सम्पन्न दोस्रो सेमिफाइनल हेर्न बेलायतका राजकुमार विलियम र प्रधानमन्त्री बोरिस जोन्सन वेम्बली रंगशालामै पुगेका थिए । इंग्ल्यान्ड र डेनामर्कबीच भएको उक्त खेलमा आफ्ना खेलाडीलाई हौसला दिन उनीहरू रंगशालामै पुगेका हुन् । 

घरेलु मैदानमा इंग्ल्यान्डलाई लगभग ५५ हजार र डेनमार्कलाई ५५ सय दर्शकले समर्थन जनाएका थिए । यिनै हजारौँ दर्शकमाझ भिआइपी बक्समा राजकुमार विलियम, प्रधानमन्त्री जोन्सन, एफएका अध्यक्ष र इंग्लिस फुटबलका हस्ती डेभिड बेकह्यामले एक सय २० मिनेट बिताएका थिए ।

भिआइपी बक्समा डेनमार्ककी राजकुमारी म्यारी पनि थिइन् । उनीसँगै राजकुमार फेडेरिक र १५ वर्षीय छोरा क्रिस्टियन पनि थिए । उनीहरू भने डेनमार्कको समर्थन गर्न रंगशाला पुगेका थिए । आफ्ना देशका खेलाडीले अग्रता लिँदा र काउन्टरअट्याक्ट गर्दा भिआपी बक्समा रहेका विशिष्ट पाहुना निकै खुसी भएका दृश्यहरू सञ्चार माध्यमहरूले देखाएका थिए । 

रेफ्रीले खेलको अन्तिम सिट्ठी फुकेपछि राजकुमार विलियम र प्रधानमन्त्री जोनसनले विशुद्ध इंग्लिस फुटबल समर्थकले जस्तै जितको खुसी मनाए । अझ प्रधानमन्त्री जोनसन भिआइपी बक्समा उफ्रँदै ‘इंग्ल्यान्ड–इंग्ल्यान्ड’ भनी कराइरहेका देखिन्थे । प्रधानमन्त्री जोनसनले ‘हामी फाइनलमा पुग्यौँ, उपाधि हाम्रै’ भनी चिच्याएका थिए । राजकुमार विलियम र बेकह्यामले सुट लगाएका थिए । प्रधानमन्त्री जोनसन भने इंग्ल्यान्डको १० नम्बरको सेतो जर्सी लगाएर रंगशाला पुगेका थिए । जोनसनसँगै उनकी श्रीमती क्यारी पनि थिइन् ।

बेलायती पत्रिकाहरूले वेम्बली रंगशालामा इंग्ल्यान्डले ५५ वर्षको इतिहास रचेको दिन दुई मुलुकका राजपरिवारका सदस्यहरूको उपस्थितिले झनै ऐतिहासिक बनाएको उल्लेख गरेका छन् । इंग्ल्यान्डले ५५ वर्षपछि मेजर फुटबल प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेपछि इंग्लिस समर्थकले रातभरि नै खुसियाली मनाएका छन् । बेलायतका सबैजसो सहरमा इंग्लिस समर्थक सडक जाम हुने गरी खुसी मनाएको एजेन्सीहरूले जनाएका छन् । 

ad
ad