१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वी चितवनमा बाढीले पुल बगायो, मुग्लिन–नारायणगढ सडक अझै खुलेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १५:२२:oo

लगातारको वर्षाको कारण पूर्वी चितवनको लदरी खोलाको पुल बाढीले बगाएको छ । लदरी खोलामा आएको बाढीले चितवनको खैरहनी नगरपालिकामा पर्ने पक्की पुल भाँचिएर बगाएकाे हो ।

पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । बाढीका कारण  सौराहा र आसपासका क्षेत्रसमेत प्रभावित बनेका छन् । नदीमा पानीको बहाब बढ्दै गएपछि सौराहाका राप्तीछेउका होटेलले आफ्नो सामान सुरक्षित स्थानमा सारेका छन् । 

यता गएरातिदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरोले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । विभिन्न ठाउँमा खसेको पहिरोले सडक दुईतर्फी अवरुद्ध भएको छ । अहिले यस क्षेत्रमा निरन्तर पानी र पहिरोसमेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन कठिन भएको चितवन ट्राफिक प्रमुख भगवान राज थापाले बताए । 

पानी पर्ने क्रम नरोकिएपछि भरतपुर महानगरपालिकाको वडा नम्बर ११ र १२ डुबानमा परेको छ । नदीनाला नभए पनि बर्खाको समयमा बग्ने घोल बढ्नुका साथै आकाशबाट परेको पानी जमेका कारण डुबानमा परेको हो । 
 

ad
ad