मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार १७ बिहीबार १०:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश सांसदका छाेरा कार्की कारागार चलान 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार १७ बिहीबार १०:४१:००

लकडाउनको समयमा मापसे गरेर कार दुर्घटना गराई मजदुरको हत्या गरेको आरोपमा  प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रोबिन कार्कीलाई अदालत पुर्पक्षका लागि कारागार पठाएको छ । २० जेठ साँझ विराटनगर– ४ स्थित  एयरपोर्ट मार्गमा मापसे गरेर तीव्र  गतिमा कुदाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा उद्योगमा काम गरेर पैदलयात्रा  फर्कँदै गरेका मजदुर ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको आरोपमा सांसदका छाेरा विराटनगर– ५ का २४ वर्षीय कार्कीलाई  बुधबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल पठाएको हो ।  

बुधबार न्यायाधीश सुदर्शन लामिछानको इजलासले आरोपी कार्कीलाई धरौटीमा छाडन इन्कार गर्दै थप पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए । घटनामा  मोरङ कटहरीका गाउँपालिका– २ का  २२ वर्षीय राजकुमार राजवंशी घाइते  भएका थिए ।

दुर्घटना गराएर फरार भएका सांसदका छाेरा कार्कीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर सवारी ज्यान कसुरमा मुद्दा दर्ता गराएको थियो । सरकारी वकिलको कार्यालयले कार्कीलाई १० वर्षसम्मको कैद सजाय र एक लाख रुपैयाँसम्म जरीवाना माग गर्दै अभियोगपत्र अदालतमा बुझाएको थियो । 

लकडाउनको समयमा साथीहरूसँग रेस्टुरेन्टमा मापसे गरेर सवारी चलाउँदा मानिसको ज्यान जाने गरी दुर्घटना गराएका चालक कार्की तत्काल सवारीचालक अनुमतिपत्र नभएकै कारण फरार भएका थिए । तर, आरोपी कार्कीले १२ कात्तिक ०७५ मा बाग्मती प्रदेश यातायात व्यवस्था कार्यालयबाट सवारी अनुमतिपत्र बनाएको कागजात अदालतमा पेस गरेका छन् ।   
प्रहरीका अनुसार लकडाउनको समयमा कार्कीले प्रदेश सांसद आमा बिन्दिया कार्कीको नाममा रहेको कार कुदाएर मानवीय क्षति गर्ने गरी दुर्घटना गराएका थिए । मापासे गरेर चलाएको कारले मजदुरको ज्यान गएको भन्दै कानुनी कारबाही गर्न मजदुर संगठनहरूले माग गर्दै आएका थिए ।  

सांसद कार्कीले चाहिँ आफ्नो छोरासमेत सहभागी भएको  युवाहरूको कोरोना शव व्यवस्थापन समूहलाई  कार प्रयोग गर्न  दिएको, तर आफ्नो छोराले मापसे गरेर कार नचलाएको दाबी गर्दै आएकी थिइन् ।