१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुबिसुले नोकियाको सहकार्यमा थप उच्च गतिको ब्रोडब्यान्ड सेवा दिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२१:oo

१ हजार ५ सय किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कको क्षमता विस्तार हुने भएको छ । कम्पनीले नोकियासँगको सहकार्यमा ४०० जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन विस्तार गरेको हो । 

बढ्दो इन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्नका लागि नोकियाको यस अत्याधुनिक सोलुसनले सुबिसुले प्रदान गर्ने ब्रोडब्यान्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने कम्पनीले जनाएको छ । सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलोपटक ४ सय जिबिपिएस क्षमताको सिंगल अप्टिकल फाइबर सोलुसन उपलब्ध गराएको जनाइएको छ । यसले सुबिसुको बढ्दो ब्यान्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत गर्ने सुबिसुले विश्वास व्यक्त गरेको छ । 

अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्यान्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्ने कम्पनीको दाबी छ । ४०० जिबिपिएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पिएसएस) प्लेटफार्म अफरिङ फोटोनिक सर्भिस इन्जिन (पिएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग (डिडब्लुडिएम) देशभर जडान गरिएको कम्पनीले जनाएको छ । नोकियाको ४०० जिबिपिएस सिंगल फाइबर सोलुसनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी सुबिसुको नेटवर्कलाई सोलुसन कस्ट अप्टिमाइज गर्दै र अपरेसन कस्ट घटाउँदै थप सबल बनाउन मद्दत गर्ने कम्पनीको दाबी छ । 

सुबिसुका सिइओ विनयमोहन साउदले नोकियासँग लामो समयदेखि काम गर्दै आएको र नोकियाको इन्डस्ट्री लिडिङ उत्पादन तथा सोलुसनहरूले सुबिसुको ग्राहकलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको बताए । उनले भने, ‘यो महत्वपूर्ण परियोजनाका लागि नोकिया एक मात्र विक्रेता हो र यसको सोलुसनले हाम्रो सेवाको माध्यमबाट ग्राहकलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौँ ।’

भारतका लागि नोकियाका इमर्जिङ मार्केटका प्रमुख विनिश बाबाले भने, ‘हाम्रो इन्डस्ट्री–प्रमाणित १८३० पिएसएस सोलुसनले सुबिसुजस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिष्कृत गर्न सक्षम भएको छ ।’ सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकीकरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा सन्तुष्ट रहेको उनको भनाइ छ । बाबाले भविष्यमा साझेदारी सदैव कायम रहने विश्वास व्यक्त गरे । नियोटेरिक नेपालका एमडी सञ्जय गोल्छाले नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेसन प्रणाली बनाउने प्रक्रियामा सहयोग गर्न सदैव प्रतिबद्ध रहेको बताए । 

ad
ad