१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

रोनाल्डोपछि पोग्बाले पनि कार्यक्रमस्थलबाट हटाए हेनकेन बियरको बोतल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख २२ शनिबार १३:२२:oo

क्रिस्टियानो रोनाल्डोले केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा युरोकपको मुख्य प्रायोजक कोकाकोलाको बोतल हटाएको भिडियो भाइरल बनेको थियो । उनको त्यो कामको प्रशंसा गर्ने र आलोचना गर्ने बराबरी नै थिए । यस घटनापछि  कोकाकोला कम्पनीले समेत ठूलो घाटा व्यहोर्नुपरेको समाचारहरू आइरहेका छन् । कम्पनीको सेयर र ब्रान्ड भ्यालु निरन्तर घटिरहेको विश्लेषकहरूको दाबी छ । 

यसैबीच फ्रान्सका मिडफिल्डर पाउल पोग्बाले पनि रोनाल्डोले जस्तै गरी हेनकेन बियरको बोतल हटाएका छन् । पत्रकार सम्मेलनस्थलको टेबलमा राखिएको कोकाकोला, पानी र हेनकेन बियरको बोतलमध्ये उनले बियरको बोतल हटाइका थिए । जर्मनीमाथि १–० को जित निकालेपछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो गरेका हुन् ।

कार्यक्रम सुरु हुनुअघि नै पोग्बाले युरोकपको सहआयोजक हेनकेने बियरको बोतललाई टेबलबाट हटाएका थिए । उनले कोकाकोला र पानीको बोतल भने छुँदै छोएनन् । बियरलाई किन हटाएको भन्ने प्रश्नमा उनले आफू इस्लाम धार्मावलम्बी भएको बताए । इस्लाम धर्ममा रक्सी वा बियर सेवन गर्नु धर्मविपरीत मानिन्छ । अर्थात् यस कामलाई उनीहरूले ‘हराम’ भन्ने गर्छन् । 

इस्लाम धर्मावलम्बीहरूको पवित्र ग्रन्थ कुरानमा पनि मदिरा सेवनलाई पाप मानिएको छ । इस्लाम धर्म मान्नेहरूले परमेश्वरको वचनविरुद्ध जान नहुने मान्यता राख्छन् । यसैकारण पोग्बाले बियरको बोतल हटाएका हुन् । इंग्लिस प्रिमियरसिप लिग म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पोग्बाले पनि इस्लाम धर्ममा अल्कोहल छुँदा पाप लाग्ने बताए । उनले भने, ‘इस्लाम धर्मअनुसार रक्सी वा बियरलाई हरामको रूपमा लिने गरिन्छ, मैले बोतल हटाएको हुँ किनभने यसको अगाडि बस्नु पनि पाप नै हो ।’

म्यानचेस्टर इभिनिङ न्युजका अनुसार पोग्बाले सन् २०१९ मा इस्लाम धर्म अनुशरण गरेका थिए । इस्लाम धर्म ग्रहण गरेपछि आफूले सधैँ शान्ति अनुभव गरेको पोग्बाको भनाइ छ । ‘मलाई यस धर्मले धेरै शान्ति प्रदान गरेको छ, मेरो जीवनमा समेत धेरै परिवर्तन आएको छ ।’ 

उनकी आमा पनि इस्लाम धार्मावलम्बी हुन् । पोग्बा भन्छन्, ‘मेरी आमा मुस्लिम हुनु, म आमासँगै त्यही वातावरणमा हुर्केँ, मलाई यस धर्मविपरीत हुने कुनै पनि काम स्वीकार्य छैन ।’ म्यानचेस्टर इभिनिङ न्युजलाई पोग्बाले भनेका छन्, ‘संसारमा इस्लामको सम्बन्ध केवल आतंकसँग मात्रै जोडेर देखाइएको छ, त्यो वास्तवमा होइन, हामीले मिडियामा पनि यस्तै सुन्छौँ र देख्छौँ, तर यो धर्म आनन्ददायी भएको महसुस गर्न सकिन्छ ।’ 

पोग्बाले हालै मात्र सामाजिक सञ्जालमा एउटा फोटो पोस्ट गरेका थिए । जसमा उनी चेल्सी र फ्रान्सकै खेलाडी कुर्ट जोउमासँगै मक्का पुगेका छन् । मक्का पुगेको दिनलाई जीवनकै अविस्मरणीय क्षणका रूपमा उनले लिएका छन् । पोग्बा भन्छन्, ‘मक्कामा बिताएको क्षण बिर्सन सक्दिनँ, यो मेरो जीवनकै अभिन्न क्षणका रूपमा रहनेछ ।’ 

कुनै साथी संकटमा रहँदा आफूले उसका लागि भगवानसँग प्रार्थना गरेको पोग्बाले बताए । ‘धर्म सबै एकै हो, कोही साथी अप्ठ्यारोमा रहँदा उसका लागि प्रार्थना गर्छु,’ उनले भने । 
 

ad
ad