मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
गणेश लम्साल विराटनगर
२०७८ असार ३ बिहीबार १०:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी आरोपमा कुटाइ खाएकी दलित गर्भवती महिलाले मानसिक सन्तुलन गुमाइन्

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार ३ बिहीबार १०:२४:००

मोबाइलको सिम चोरी गरेको झुटाे आरोपमा छिमेकीले कुटपिट गर्दा एक गर्भवती दलित महिलाले मानसिक सन्तुलन गुमाएकी छिन् । मोरङको कानेपोखरी गाउँपालिका– ५ चिसाङ बस्तीकी  देविका मगरको परिवारले मोबाइलको सिम चोरेको आरोपमा कुटपिट गर्दा तीन महिनाको गर्भवती २५ वर्षीया शोभा दर्जीले मानसिक सन्तुलन गुमाएकी हुन् । कुटपिटपछि कडाखाले मानसिक रोगी बनेकी शोभाको हाल सुनसरीको धरानस्थित बिपी प्रतिष्ठानको मानसिक विभागमा उपचार भइरहेको छ । 

छिमेकीको मरणासन्न कुटपिटबाट मानसिक सन्तुलन गुमाउन पुगेकी शोभालाई उनको परिवारले आर्थिक अभावमा घरमै बाँधेर राख्ने र उपचारका लागि धामीझाँक्री लगाउने गरेको थियो । तर, औषधि सेवन गर्नुपर्ने दिमागी रोग भएकोले धामीझाँक्रीले उनको रोग निको पार्न सकेनन् । 

रोग बल्झिँदै गएपछि उनी झन् बिरामी भइन् । मानसिक रोगी शोभाले दिन प्रतिदिन छिमेकी मगर परिवारलाई जथाभावी गालीगलौज गर्दै हिँड्न थालिन् ।  गाउँलेले बाैलाहीले गाउँमा दुःख दिन थालेको भन्दै उल्टो आरोप लगाउन थालेपछि परिवारले उनलाई बाँधेर राख्न थाल्यो । तैपनि उनको व्यवहारमा सुधार नभएपछि वडाध्यक्षको सहयोगमा उनलाई उपचारका लागि १० दिनअघि अस्पताल भर्ना गरिएको बुबा हर्कबहादुर दर्जीले बताए । 

अस्पताल भर्ना भएर उपचार गराइरहेकी शोभाको स्वास्थ्यमा अझै सुधार आइनसकेको र उनी तीन महिनाको गर्भवतीसमेत रहेको चिकित्सकहरूले जानकारी दिएको श्रीमान् उमेश तामाङले बताए । श्रीमान् उमेशका अनुसार गर्भवती भएकोले रोगको हिस्ट्री पत्ता लगाउन चिकित्सकहरूले शोभाको सिटी स्क्यान गराउन सकेका छैनन् । 

उमेश तामाङसँग अन्तर्जातीय विवाह गरेकी शोभाकी सात वर्षीया एक छोरी छिन् । उनीहरू पनि नजिकै रहेको चिसाङ खोलामा गिटी कुटेर जीविकोपार्जन गर्ने गर्दथे ।