Skip This
निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको जसपा यादव पक्षको निष्कर्ष, यादवले बोलाए कार्यकारिणी समिति बैठक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण रहेको जसपा यादव पक्षको निष्कर्ष, यादवले बोलाए कार्यकारिणी समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:o१:oo

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय गरेको निष्कर्ष निकालेको छ । अध्यक्ष उपेन्द्र यादवले मंगलबार प्रेस विज्ञप्ति जारी गरी आयोगले निष्पक्ष, तटस्थ भूमिका निर्वाह गर्न नसकेको जिकिर गरेका छन् । 

आयोगले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रूपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको यादवको दाबी छ । आयोगको कामकारबाहीविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाइँ जारी राख्ने पनि यादवले बताएका छन् । 

पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन यादवले कार्यकारिणी समितिको बैठक पनि बोलाएका छन् । केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान ११ बजे बैठक बस्नेछ ।

ad
ad