१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १३:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वैद्यलाई हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै कांग्रेस संसदीय दलको आपत्ति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:oo:oo

बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । 

कांग्रेसका प्रदेश सभा सदस्य नरोतम वैद्यले बागमती प्रदेशको ०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गतेको बैठकमा प्रधानमन्त्री केपी ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक शब्द प्रयोग गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्ट जेठ २९ गते वैद्यले संसदबाटै आफ्नो अभिव्यक्ति फिर्ता लिँदै संसद्को रेकर्डबाट हटाउन अनुरोध गरेका थिए ।

वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा (एमाले) मकवानपुरको भ्रातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका थिए ।  कांग्रेस बागमती प्रदेश संसदीय दलले सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य वैद्यको अभिव्यक्ति नेपाली कांग्रेसको आदर्श, नीति, संसदीय अभ्यास र गरिमाविपरीत भएकाले फिर्ता लिन निर्देशन गरेको र लगत्तै फिर्ता लिइसकेपछि उक्त विषय टुंगिइसकेको भन्दै सरकारको दबाब र प्रभाव तथा राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर भएको जनाएको छ ।

संविधानले दिएको प्रदेश सभा सदस्यको अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको बर्खिलाप बदनियतपूर्ण तवरले मुद्दा दर्ता गरिएकाले मुद्दा फिर्ता लिन पनि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले आग्रह गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसद्को रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा दर्ता भएकोप्रति आपत्ति जनाए । उनले भने,  ‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति हाम्रो घोर आपत्ति छ । यस्तो किसिमले दर्ता गरेर कानुनी कारबाही अगाडि बढाउन नमिल्ने कुरालाई जुन ढंगले बढाइयो यसप्रति नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण भएको छ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडि बढाइयो भने नेपाली कांग्रेस संसदीय दल प्रदेश सभामा यसको डटेर प्रतिवाद गर्नेछ र जुनसुकै मूल्य चुकाउन पनि तयार छ ।’

कांग्रेसले नरोत्तम वैद्यमाथि मुद्दा चलाउनु गैरसंवैधानिक कार्य भन्दै संविधानको बर्खिलापमा जान प्रहरी, अनुसन्धान अधिकारी र सरकारको कुनै पनि निकायलाई अधिकार नभएको बताएको छ । मुद्दा तत्काल फिर्ता लिन आग्रहसमेत गरेको छ । अन्यथा प्रदेश सभामार्फत नै शसक्त प्रतिवादमा उत्रिने कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले जनाएको छ ।

ad
ad