Skip This
असारदेखि जनकपुर–जयनगर रेल चलाउने तयारी (भिडियोसहित)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ३१ सोमबार
  • Saturday, 27 July, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ जेठ ३१ सोमबार २o:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असारदेखि जनकपुर–जयनगर रेल चलाउने तयारी (भिडियोसहित)

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ जेठ ३१ सोमबार २o:५८:oo

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल्वे सेवा असार महिनाभित्रै सञ्चालन हुने भएको छ । कोरोना महामारीको अवस्था साम्य हुँदै गएपछि रेल सञ्चालनका लागि तयारी गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागलाई निर्देशन दिएका छन् । 

रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेको अवस्थामा अब आवश्यक तयारी गरी तत्काल रेल सञ्चालन गर्न मन्त्री नेम्वाङले रेल विभागलाई निर्देशन दिएका हुन् । नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, टिकट, भाडा दरसहितका कार्य पूरा गरिसकेको छ ।

रेल सञ्चालनअघि नेपाली पक्षका कर्मचारीलाई प्रशिक्षण दिन २ असारमा भारतीय कर्मचारी जनकपुर आउने महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । कोरोनाको दोस्रो लहर सुरु हुनुअघि पनि नेपाली कर्मचारीलाई तालिम दिन भारतीय कर्मचारी जनकपुर आएका थिए । तर, तालिम सुरु भएको दुई दिन नहुँदै लकडाउन सुरु भएपछि उनीहरू भारत फर्केका थिए । 

रेल सञ्चालनका लागि जनकपुर–जयनगर रेल्वका पूर्वकर्मचारी ७५ जना, चालकसहित प्राविधिकका २६ जना भारतीय कर्मचारी र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरी आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले बताए । रेल सञ्चालनका लागि भारतीय रेल कम्पनी कोइनइकोनसँग वार्षिक ३५ करोडमा रेल सञ्चालन गर्ने विषय सहमति भएको महाप्रबन्धक भट्टराईले बताए । 

‘भारतीय पक्षसँग वार्षिक ३५ करोडमा रेल सञ्चालनसम्बन्धी सम्झौता भएको छ,’ उनले भने, ‘सम्झौतामा २६ जना भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेल्वेको सर्भिसिङ, मेन्टिनेस, रेल्वे ट्रयाकको मेन्टिनेन्स, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने उल्लेख छ ।’ त्यसैगरी, सुरुको एक महिनाको डिजेल पनि भारतीय पक्षले नै दिने र पछि नेपाल रेल कम्पनीले आफ्नै पैसाले डिजेल खरिद गर्ने सम्झौता भएको उनले बताए । 

त्यसैगरी, स्टेसन तथा सबस्टेसनमा चाहिने फर्निचर खरिद गरिसकेको उल्लेख गर्दै महाप्रबन्धक भट्टराईले भने, ‘हामीले रेल सञ्चालनको तयारी पूरा गरिसकेका छौँ, कोरोना संक्रमणको अवस्था सामान्य भएगलत्तै असार महिनाभित्रै रेल सञ्चालन गर्छौँ ।’ रेल्वको भाडादरसमेत फाइनल भइसकेको उनले बताए । रेल्वको न्यूनतम टिकट १५ रुपैयाँको हुनेछ । 

जनकपुरदेखि जयनगरसम्मको न्यूनतम भाडा ७५ रुपैयाँ तोकिएको छ । एसी सुविधा भएको सिटका लागि भने तीन सयसम्म तोकिएको उनले बताए ।  तत्काल बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ । ‘सुरुमा एउटै रेल चलाउने हाम्रो मनसाय छ, यात्रुको संख्या बढेपछि थप अर्को रेल चलाउँछौँ,’ भट्टराईले भने ।