१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

करेक्सनपछि सेयर बजार उकालो लाग्दै, नयाँ कीर्तिमानमा प्रवेश

विकास बैंक, फाइनान्स, जलविद्युुत् कम्पनीमा घटेन लगानीकर्ताको आकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:१३:oo

करेक्सनपछि सेयर बजार पुुनः पुुरानै लयमा फर्किएको छ । अघिल्लो साताको अन्तिम दुई दिन बजार करेक्सन हुुँदै ओरालोतर्फ लागे तापनि आइतबार सेयरमा चमक थपिँदै नयाँ रेकर्डमा प्रवेश गरेको हो । नेप्से परिसूूचक ३८ दशमलव ३२ अंकले बढेर २ हजार ९ सय ८३ दशमलव ११ बिन्दुुमा पुगेर बन्द भएको छ । यसअघि २ हजार ९ सय ५७ बिन्दुु पुुगेर बन्द भएको थियो । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ११ दशमलव ५४ अंकले बढेर ५ सय ३९ दशमलव ४१ बिन्दुमा पुुगेर बन्द भएको छ ।

कारोबार रकम हालसम्मकै उच्च
कारोबार रकम हालसम्मकै उच्च हुन पुुगेको छ । यसअघि १७ अर्बमाथिको कारोबार भएकोमा सो दिन रेकर्ड ब्रेक गर्दै उच्च रेकर्ड बनेको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको  ३ करोड ७० लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७२ करोड २९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । दोस्रोमा लुम्बिनी विकास बैंकको ५८ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावरको ५४ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको सूचक सकारात्मक रहेको छ । विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युुत् कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । विकास बैंक समूहको ८ दशमलव २४ प्रतिशतले बढेको छ । फाइनान्स समूहको ७ दशमलव १४ प्रतिशतले बढेको छ भने जलविद्युुत् कम्पनीको सेयर मूल्य ६ प्रतिशतले बढेको छ । होटेल तथा पर्यटन, लगानीगत समूहको सूचक यस दिन सकारात्मक हुुँदा जीवन बिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्सका लगानीकर्ता भने निराश बनेका छन् ।

 दुई दर्जनभन्दा बढी कम्पनीका सेयर मूूल्यमा सर्किट 
आइतबार दुुई दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलको मूल्यमा कारोबार भएको छ । सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा फाइनान्स, विकास बैंक र जलविद्युुत् कम्पनीहरू रहेका छन् । श्री इन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, आइसिएफसी फाइनान्स, रिलायन्स फाइनान्स, प्रोगेसिभ फाइनान्समा १० प्रतिशतको सर्किट सेयर मूल्यमा कारोबार भएको छ । यस दिन फाइनान्सतर्फ सबैभन्दा धेरै बढ््ने कम्पनीमा आएसिएफसीको ६२ रुपैयाँले बढेर प्रतिसेयर ६ सय ८२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, सिन्धुु विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, लुुम्बिनी विकास बैंकको १० प्रतिशते सर्किट लेभलमा कारोबार भएको छ भने हाइड्रोतर्फ हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाइड्रोपावर, घलेम्दी हाइड्रो, जोशी हाइड्रोपावर, शिवश्री हाइड्रोपावरलगायतका कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गरेका छन् । नेपाल इस्योरेन्स, साधना लघुुवित्त वित्तीय संस्था, सुमित लघुवित्तका लगानीकर्ता भने निराश बनेका छन् ।

ad
ad