१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १७ सोमबार १९:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री ज्ञवाली र युएईका मन्त्रीबीच भिडियो बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १७ सोमबार १९:१३:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली कामदारहरूको स्वास्थ्य तथा खोपबारे युनाइटेड अरब इमिरेट्स (युएई)का समकक्षी अहमद अली अल सायेघसँग चासो व्यक्त गरेका छन् । नेपाललाई कोभिड– १९ विरुद्धको लडाइँमा स्वास्थ्य सामग्री पठाएर गरेको सहयोगप्रति पनि उनले प्रशंसा गरेका छन् । 

दुई परराष्ट्रमन्त्रीहरूबीच सोमबार भिडियो बैठक भएको हो । दुई देशबीचका सम्बन्धका विभिन्न पक्ष तथा कोभिडसँग सम्बन्धित सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाललाई संकटका वेला गरेको सहयोग अमूल्य रहेको बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले युएईमा रहेका नेपालीको ठूलो संख्यालाई गरेको सहयोगको पनि प्रशंसा गरेका छन् । 

उनले नेपाली श्रमिकहरूको हित रक्षा हुनेमा विश्वास व्यक्त गर्दै कोभिड– १९ विरुद्धको लडाइँमा पनि थप सहयोग हुने विश्वास जनाएका छन् । युएईका परराष्ट्रमन्त्रीले नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । नेपालीको हित संरक्षण हुनेमा ढुक्क हुन उनले परराष्ट्रमन्त्री ज्ञवालीलाई आश्वस्त तुल्याएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार युएईबाट नेपाललाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री चाँडै नै काठमाडौंमा उपलब्ध हुनेछ ।