१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ११ मंगलबार
  • Tuesday, 01 July, 2025
शिल्पा कर्ण काठमाडौं
२o७८ जेठ ११ मंगलबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चमा ३० रिट, १३ जेठबाट सुनुवाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ११ मंगलबार १७:o६:oo

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । मंगलबारसम्म गरी ३० रिट परेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । 

जसमध्ये साधारण प्रक्रियाबाट दर्ता भएका १९ रिटको सुनुवाइ १३ जेठमा र संवैधानिक इजलासमा पेस हुने गरी दर्ता भएका ११ रिटको सुनुवाइ १४ जेठमा तोकिएको छ  ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेपछि सर्वोच्चमा मुद्दा परेको हो । यसअघि सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।