मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ११ मंगलबार ०८:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

साहित्यकार  डा. वानिरा गिरीको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ११ मंगलबार ०८:२३:००

साहित्यकार डा. वानिरा गिरीको हृदयाघातबाट निधन भएको छ । लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित ७५ वर्षीया गिरीको आइतबार राति १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

हृदयाघात भएपछि उनलाई मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
डा. गिरीको ‘कारागार’ उपन्यास नेपाली साहित्यमा निकै चर्चित छ ।

यस्तै उनको पहिलो कवितासंग्रह ‘एउटा अर्को जंगबहादुर’, ‘जीवन थाय् मरु’ पनि नेपाली साहित्यको क्षेत्रमा चर्चित छ । उनको दोस्रो उपन्यास ‘शब्दातीत सान्तनु’ले साझा पुरस्कारसमेत प्राप्त गरेको थियो । उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो महिला अध्येता पनि हुन् । उनले गोपालप्रसाद रिमालका कवितामाथि पिएचडी गरेकी थिइन् ।