१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १४:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोरोना रोकथाम र नियन्त्रणमा नबिलको ८ करोड सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:२६:oo

नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने समझदारी गरेको छ । कोभिड– १९ को दोस्रो लहर तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालमा बिरामीले अक्सिजन नपाउने समस्या देखिएपछि बैंकले सरकारलाई सहयोग गरेको हो । 

समझदारीअनुसार बैंकले ५० क्युबिक लिटर प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्ने जनाइएको छ । वीर अस्पतालमा अक्सिजन प्लान्टसँगै केही अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्नलाई बैंकले थप प्रकिया अगाडि बढाइसकेको जनाएको छ । प्लान्ट स्थापनाले अस्पताललाई आवश्यक अक्सिजन उपलब्ध गराउने र यसबाट धेरै बिरामीको ज्यान बचाउन सकिने बैंकले विश्वास व्यक्त गरेको छ ।  

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोभिड महामारीको सुरुवाती समयदेखि नै नेपाल सरकारलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको जनाएको छ । चालू आवमा कोभिड– १९ को प्रतिकार्यका लागि बैंकले सरकारलाई ६ करोड रुपैयाँ सहयोग गरेको जनाइएको छ । 

चालू आर्थिक वर्षमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न संस्थाका तीन सय ३० जना स्वास्थ्यकर्मीलाई एकदिने अभिमुखीकरण तालिम दिइएको बैंकले जनाएको छ । बैंकले हालसम्मको काम र समझदारीअनुसार कोभिड– १९ रोकथाम र नियन्त्रणमा लगभग आठ करोड रुपैयाँ सहयोग गरेको जनाएको छ । 

ad
ad