१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १६:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा निषेधाज्ञा एक हप्ता लम्बियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:२९:oo

कोरोना भाइरसको संक्रमण बढिरहेकाले जिल्ला प्रशासन कार्यालय लमजुङले जारी निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । जिल्लाभर लागू हुने गरी १० वैशाखको राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवं सावधानीलाई कडाइका साथ पालना गर्ने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको जिलला प्रशासन कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जारी गरेको आदेशअनुसार अत्यावश्यक कामका लागि घरबाहिर निस्कँदा मानिसले अनिवार्य रूपमा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा औषधि–उपचार, खाद्यवस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाएको छ । 

यस्तै एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण समाग्री ढुवानीका साधन, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सबैखाले सवारी सञ्चालनमा रोक लगाएको लुइँटेलले बताए ।

अत्याश्यक उपभोग्य वस्तु बिक्री गर्ने, खाद्यान्न तथा तरकारी, पेट्रोलियम पदार्थको बिक्री–वितरण, ग्यास, डिपो, औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यापार, व्यवसाय बन्द हुने भएको छ । दैनिक उपभोग्य खाद्यान्न र तरकारी पसल भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ ।

जिल्लाभित्र धार्मिक, सांस्कृतिक, सामाजिक क्रियाकलापलगायत कुनै पनि प्रकारको जमघट, भेला गर्न पनि प्रशासनले रोक लगाएको छ । साथै विवाहमा दुवै पक्षबाट पाँच–पाँचजना मात्र भेला हुन पाउने र व्रतबन्धको लागि पाँचजना मात्र सहभागी हुन पाइनेछ । 

लमजुङमा सोमबार ७२ जना थपिएसंगै जिल्लामा संक्रमितको संख्या दुई सय ९७ पुगेको छ । हालसम्म कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ जसमध्ये तीन जनाको जिल्लामै र दुई जनाको जिल्ला बाहिर मृत्यु भएको प्रशासनले जनाएको छ ।

ad
ad