मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १४:३१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार १४:३१:००

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्युरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्युरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा निधन भएको परिवारले पुष्टि गरेको छ । 

प्रधानका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत गीत प्रसिद्ध छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा  पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।