Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १३ सोमबार ०९:०८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चैनपुर नगरस्तरीय मेयर गोल्डकप स्थगित

Read Time : < 1 मिनेट
२०७८ बैशाख १३ सोमबार ०९:०८:००

संखुवासभाको चैनपुर नगरपालिकाले प्रदेश १ स्तरीय मेयर गोल्डकप फुटबल प्रतियोगिता तत्काल नगर्ने घोषणा गरेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलँदै गएपछि नगरपालिकाले अर्को सूचना नआएसम्म प्रतियोगिता बन्दको घोषणा गरेको हो ।

यसअघि, नगरपालिकाले ११ देखि १८ वैशाखसम्म प्रतियोगिता गर्ने जनाएको थियो । संघीय सरकारले धेरै भीडभाड हुने क्षेत्रहरू बन्द गर्न निर्देशन गरेबमोजिम प्रतियोगिता सञ्चालन नगर्ने निर्णय गरेको चैनपुर नगरपालिकाका मेयर भरतकुमार खत्रीले बताए । उनले कोरोना भाइरसको कारण अघिल्लो वर्षको प्रतियोगिता पनि स्थगन भएको र हाल फेरि सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा गरेपछि अन्तिम चरणमा आएर बन्द गर्नुपरेको बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा आएपछि पुनः प्रतियोगिताको मिति घोषणा गर्ने मेयर खत्रीको भनाइ छ । ‘खेलकुदमार्फत पर्यटन पहिचान, प्रगति र गरिमा, समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा’ भन्ने नाराका साथ तेस्रो गोल्डकप घोषणा गरिएको थियो ।

चैनपुर क्षेत्रलाई खेलकुद केन्द्रको रूपमा विकास गर्न र खेलकुदका माध्यमबाट चैनपुरको आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मेयर खत्रीको भनाइ छ । प्रतियोगितामा प्रदेश १ भित्रका १६ वटा टिमले सहभागिता जनाउने निश्चित भएको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेर समयतालिकासमेत प्रकाशित गरिसकेको थियो ।