ओली र नेपालबीचको वार्ता फेरि निष्कर्षविहीन

बिहिबार, ९ बैशाख, २०७८
डिजिटल संस्करण
ओली र नेपालबीचको वार्ता फेरि निष्कर्षविहीन

फाइल तस्बिर

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ । 

नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो भेटवार्ता भएको हो । भेटवार्तामा कुनै प्रगति नभएको नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिए । 

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगडले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ओली र नेपाल दुवै एकताका लागि सकारात्मक रहेको उनले बताए ।

ओली र नेपालबीच बुधबार पनि भेटवार्ता भएको थियो । बुधबारको वार्तामा दुवै नेताले आ–आफ्ना अडान राखेका थिए । थप गृहकार्यपछि बिहीबार पुनः वार्ता गर्ने गरी ओली र नेपाल बाहिरिएका थिए । 

ओली र नेपाल आफूपक्षीय नेताहरूसँग छलफल गरेर पुनः वार्तामा बसेका हुन् । २ फागुन ०७५ मा फर्कनुपर्ने नेपालको प्रस्तावलाई बुधबारको छलफलमा ओलीले अस्वीकार गरिदिएका थिए ।

सुझावित समाचार