१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तेज कोहली एन्ड रुइत फाउन्डेसन स्थापना गर्नेसम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर गर्दै तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइत र कोहलीका प्रतिनिधि जिम राय ।
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ८ बुधबार ०६:०१:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तिलगंगाले विश्वका  १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गर्ने

पाँच वर्षभित्र चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ८ बुधबार ०६:०१:००

विश्वबाट अन्धोपन हटाउन डा. सन्दुक रुइत र बेलायती अर्बपति तेज कोहलीको सहकार्य

तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा. सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा. सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जानिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए । 

‘हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।’

बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन् । डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नुबराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने । 

पाँच वर्षभित्र चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य
फाउन्डेसनले सन् २०२६ भित्रै चार लाख मानिसको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । पहिलो दुई वर्षमा मात्रै डेढ लाख मोतीबिन्दु शल्यक्रिया गरिने पनि फाउन्डेसनले जनाएको छ । यो कार्यक्रमअन्तर्गत नेपालको लुम्बिनी, सोलुखुम्बु, गेटा आँखा अस्पताल धनगढी, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, राप्ती आँखा अस्पताल, दाङ, फत्तेवाल आँखा अस्पताल बाँके, जानकी आँखा अस्पताल जनकपुर र सुर्खेत आँखा अस्पतालमा गरी दुई हजारजनाको शल्यक्रिया भइसकेको जनाइएको छ ।

‘हामीले अहिल्यै नेपालमा वार्षिक ३० हजार र भारतलगायत दक्षिण एसियामा गरी ८० हजार बिरामीको शल्यक्रिया गर्ने प्रण गरेका छौँ,’ डा. रुइतले भने, ‘फाउन्डेसनको लक्ष्य भनेकै लाखौँ विपन्नको उपचार गरी पुनज्र्योति प्रदान गर्नु हो ।’ यसले धनी र गरिबबीच उपचारमा हुने विभेद अन्त्य गर्ने लक्ष्य लिएको पनि कार्यक्रममा जानकारी दिइयो । यो कार्यक्रम जहाँ–जहाँ सञ्चालन हुन्छ, ती स्थानमा स्थानीय प्राविधिकलाई प्रशिक्षण दिएर स्थायी सामुदायिक अस्पतालको सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ । 

हाल विश्वमा अन्धोपनको प्रमुख कारण मोतीबिन्दु हो । हाल विश्वका नौ करोड जनसंख्यालाई मोतीबिन्दुको समस्या देखिएको छ । त्यसमध्ये दुईतिहाइ मानिस मोतीबिन्दुको शल्यक्रियाको पहुँच नभएका गरिब देशमा बसोवास गर्छन् । शल्यक्रियाको पहुँच नभएको समुदायमा कार्यक्रम विस्तार गरिने कोहलीले बताए ।