मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले संसद् स्थगित गरेर कायरता देखायो : नेता सिंह (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ६ सोमबार १२:३२:००

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले  संसद् स्थगित गरेर संसद्को  मानमर्दन गरेको भन्दै कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।  उनले संसद् फेस गर्न नसकेर पटकपटक  संसदमाथि प्रहार गरेकोप्रति  कडा आपत्ति व्यक्त गरे । अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेको उनको भनाइ छ । एकपछि अर्को अलोकतान्त्रिक चरित्र सरकारले देखाउँदै आएको उनले आरोप लगाए । 
 

नेता सिंहले  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयाससमेत जारी राखेको बताए । नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको र सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए ।  

नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेता सिंहले भने, ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’

उनले  पत्रकारहरूले वास्तविक, निष्पक्ष ढंगले  कलम चलाई देश र जनाताको पक्षमा काम गर्नुपर्ने भन्दै  कसैको डर, धम्कीसँग नडराई निष्पक्ष ढंगले पत्रकारिता गर्न आग्रह गरे । समाज परिवर्तन र समाजमा रहेका विकृति, विसंगतिहरू हटाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ  ।