मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन सडकनाटक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३ शुक्रबार १४:१६:००

काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट सडकनाटक सुरु गरेको छ ।

‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण निर्माण होस् भन्ने हेतुले काठमाडौं महानगरपालिकाले ‘आनुसुकी घरबेटी बा सडकनाटक’ सुरु गरेको हो ।

महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिकाभित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँबानेश्वरलगायतका १० स्थानमा सडकनाटक गर्न लागेको हो । शुक्रबार वसन्तपुर, कालिमाटी र कलंकीमा सडकनाटक भएको छ । सडकनाटकमार्फत कर तिर्दा हुने फाइदा र नतिर्दा हुने बेफाइदाको विषयलाई देखाइएको छ  ।  

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डाक्टर शिवराज अधिकारीले करदातालाई कर र दबाबमा कर तिर्नुभन्दा स्वतस्फुर्त रूपमा कर तिर्नुपर्छ भन्ने अभियानअन्तर्गत सडकनाटक मञ्चन गरिएको बताए ।  कानुनमा करसम्बन्धी के व्यवस्था छ, कर कसरी तिर्नुपर्छ, समयमै कर तिर्दा के–कस्तो छुट पाउन सकिन्छ भन्ने कुरालाई केन्द्रित गरेर सडकनाटक गरिएको पनि उनले बताए । 

महानगरपालिकाले पहिलोपटक सडकनाटकमार्फत करसम्बन्धी सचेतना फैलाउन लागेको पनि अधिकारीले बताए । पहिलो चरणमा आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारमा नाटक देखाइने र बिस्तारै सबै स्थानमा नाटक गरिने बताए । नाटकमार्फत करदातालाई कर तिर्नका लागि जागरुक गराउने मात्र नभई तिरेको कर राज्यले कसरी सदुपयोग गर्छ भन्ने देखाउन खोजिएको छ ।