१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नोकियाले ३ सिरिजका ६ नयाँ स्मार्ट फोन बजारमा ल्याउँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३४:oo

नोकिया फोन र सहायक उपकरणका उत्पादक एचएमडी ग्लोबलले ६ नयाँ स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ । कम्पनीले नोकिया एक्स२०, नोकिया एक्स१०, नोकिया जी२०, नोकिया जी१०, नोकिया सी२० र नोकिया सी१० लाई तीनवटा फरक लाइनहरूमा राखेर बजारमा ल्याउन लागेको हो । टप अफ द रेन्ज नोकिया एक्स सिरिज, इन्टरमिडिएट जी सिरिज र इन्ट्री लेभल सी सिरिज सबै फोनहरूले क्वालिटी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

एचएमडी ग्लोबलका सिइओ फ्लोरियन सेसेले भने, ‘बितेको १२ महिनाको चुनौतीपूर्ण हुँदाहुँदै पनि यसले हामीलाई रोक्किन, सोच्न र हाम्रो सुरुवातको अर्को ठूलो चरणका लागि तयार गर्न पनि समय दिएको छ । एक फिनिस कम्पनीका रूपमा हाम्रो टेक्नोलोजी र व्यवसायको दृष्टिकोण भनेको मानव–प्रथम हो र यो कुरा नयाँ स्मार्ट फोनको रेन्जमा पनि प्रतिबिम्बित हुन्छ ।’

आफूहरू मानिसहरूले आफ्नो फोनलाई माया गरून्् भन्ने चाहने हुनाले एचएमडी मोबाइलको लन्चका साथ मोबाइलका सबै वस्तुको समग्र प्रदायकका लागि यात्राको माइलस्टोन सुरु भएको उनको भनाइ थियो । उनले नोकिया स्मार्ट फोनहरू सुरक्षाका साथ आउने र सफ्टवेर अपडेट एक्स्ट्रा पिस अफ माइन्डका लागि उपलब्ध रहेको उनको दाबी थियो । 

 नोकिया एक्स२० र नोकिया एक्स१० 
कम्पनीले नयाँ पोर्टफोलियोको शीर्ष स्थानमा नोकिया एक्स२० र नोकिया एक्स१० रहेको जनाएको छ । यी स्मार्ट फोनले आफ्नो मूल्य ट्यागभन्दा धेरै अनुभव र गुण प्रदान गर्ने कम्पनीले जनाएको छ । दुवै लेटेस्ट क्वालकम स्न्यापड्रागन ४८० ५जी मोबाइल प्लेटफर्मद्वारा सञ्चालित रहेको जनाइएको छ । यो फोनले डिफाइङ प्रदर्शन र वास्तवमै ग्लोबल ५जी प्रदान गर्ने कम्पनीको दाबी छ । 

 नोकिया जी२० र नोकिया जी१० 
जी सिरिजको नोकिया जी२० र नोकिया जी१० ले सीधा समस्या समाधान प्रविधिको माध्यमबाट ग्राहकका सबै दैनिक आवश्यकतालाई सन्तुलन मिलाउने प्रतिनिधित्व गर्ने कम्पनीको दाबी छ । तीन दिनको ब्याट्री लाइफ जी रेन्जका दुवै फोनमा सुविधा रहेको जनाइएको छ । नोकिया जी२० लाई नोकिया स्मार्ट फोनमा उपलब्ध भएको सिग्नेचर एन्ड्रोइड प्रोमिसले सपोर्ट गरेको जनाइएको छ । फेस र साइड फिंगरप्रिन्ट अनलक तथा प्रभावशाली ६.५ इन्च टियरड्रप डिस्प्ले यसको विशेषता रहेको कम्पनीले जनाएको छ । 

 नोकिया सी२० र नोकिया सी१०
कम्पनीले सी सिरिजको फोन आश्चर्यजनक मूल्यमा ल्याउन लागेको जनाएको छ । यसमा ६.५ इन्च एचडी प्लस डिस्प्ले थप गरिएको जनाइएको छ । एन्ड्रोइड ११ (गो संस्करण) का साथ २० प्रतिशत छिटो रफ्तार र सुधारिएको सुरक्षा सुविधाका साथै नोकिया स्मार्ट फोनको ड्युरेबिलिटी दुई वर्षका लागि त्रैमासिक सुरक्षा अपडेटहरूसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

ad
ad