मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत ३० सोमबार १६:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मानव अधिकार सम्मान डा. हरिहर वस्तीलाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत ३० सोमबार १६:२९:००

राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिकविज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैैठकले डा. वस्तीले आयोगको शवोत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गर्ने निर्णय गरेको हो । 

सम्मानित हुने वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा लामो समय फरेन्सिकविज्ञको रूपमा रही मानव अधिकारको संरक्षणमा योगदान पु¥याउँदै आएका थिए । द्वन्द्वकालीन घटनाहरूको अनुसन्धानमा संलग्न रही मानव अधिकारको क्षेत्रमा उनले पु¥याएको योगदानलाई उच्च मूल्यांकन गर्दै आगामी दिनमा समेत मानव अधिकारको क्षेत्रमा थप योगदान पु¥याउनेछन् भन्ने विश्वास लिएको आयोगले जनाएको छ । 

आयोगले गत वर्षको मानव अधिकार सम्मान महिला मानव अधिकार रक्षक सञ्जाल नेपालका संस्थापक तथा लैंगिक समानता, लैंगिक न्याय र महिला हिंसाको न्यूनीकरणको अभियानमा क्रियाशील अधिकारकर्मी डा. रेणु अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।