मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ चैत २७ शुक्रबार १८:५५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार महासंघ प्रदेश २ मा चौतारी र प्रेस मञ्चको गठबन्धन विजयी

Read Time : > 1 मिनेट
२०७७ चैत २७ शुक्रबार १८:५५:००

नेपाल पत्रकार महासंघ प्रदेश २ को अध्यक्षमा प्रेस मञ्चका राजेशकुमार कर्ण विजयी भएका छन् । प्रदेश निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेससम्बद्ध प्रेस युनियन र माओवादी केन्द्रसम्बद्ध प्रेस संगठनका संयुक्त उम्मेदवार नवलकिशोर यादव (बाबा)लाई कर्णले चार मतले पराजित गरे । कर्णले तीन  सय ४६ मत ल्याएका छन् ।

प्रदेश २ मा जनता समाजवादी पार्टी समर्थित प्रेस मञ्च र एमाले सम्बद्ध प्रेस चौतारीको गठबन्धन बनेको थियो । प्रदेश  निर्वाचन समितिका आयुुक्त रा भरत साहका अनुसार उपाध्यक्षमा प्रेस चौतारीका रामानन्द गुप्ताले तीन सय ६७ मत ल्याएर विजय भए । उनले प्रेस संगठनका उम्मेदवार राजु विश्वकर्मालाई १५ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, महिला उपाध्यक्षमा प्रेस संगठनकी ज्योति झा दुई  सय ९३ मत ल्याएर विजयी भइन् । उनले रेणुकुुमारी चौधरीलाई ३० मतान्तरले पराजित गरेकी हुन् । महिला उपाध्यक्षमा प्रेस संगठनबाटै माला कर्णले पनि उम्मेदवारी दिएकी थिइन् । जसका कारण संगठनमा कसलाई आधिकारिक मान्नेमा विवाद भएको थियो । पछि झालाई आधिकारिकता दिएपछि उनलाई जित्न सजिलो भएको हो ।

महासचिवमा गठबन्धनबाट प्रेस चौतारीका श्यामप्रसाद बञ्जारा दुई सय ७८ मत ल्याएर विजय भए । उनले अशोककुुमार तिवारीलाई ३१ मतान्तरले पराजित गरेका छन् ।  सचिवमा प्रेस युनियनका अजितकुमार सिंहले तीन सय २६ मत ल्याएर विजयी भए । उनले प्रेस चौतारीका कमलकुमार उपाध्यलाई पाँच मतान्तरले पराजित गरेका हुन् ।

सचिव समावेशीमा प्रेस मञ्चका भोला पासवान दुई सय ६५ मत ल्याएर विजय भए । पासवानले प्रेस युनियनका उपेन्द्र यादवलाई ३३ मतान्तरले पराजित गरे ।  कोषाध्यक्षमा प्रेस मञ्चकै विश्वनाथ ठाकुरले  दुई सय ७५ मत ल्याएर विजयी भए । उनले प्रेस संगठनका शैलेन्द्रकुुमार महतोलाई ८६ मतले पराजित गरे । 

संघको प्रदेश सदस्यमा अजयकुमार साह, महेश्वर अधिकारी, शैलेन्द्रकुमार झा, सन्तोषकुमार सिंह, त्रिलोकीनाथ यादव, महिला सदस्यमा प्रतिभा झा, लक्ष्मी खरेल र बरुणा कर्ण विजय भएका छन् । त्यस्तै, मधेसी सदस्यमा नवीन मिश्र, सञ्जय राउत विजय भएका हुन् । जनजातिबाट रोयान्टर मण्डल र शंकर श्रेष्ठ विजय भएका छन् । दलितबाट कैलाश दास र अल्पसंख्यकबाट हदिस खुद्दार विजय भएका छन् ।