मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ चैत २५ बुधबार ०६:५०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल–खनाल समूहको बागमती प्रदेशमा समानान्तर कमिटी, जिल्ला इन्चार्ज पनि तोकिए

Read Time : > 1 मिनेट
२०७७ चैत २५ बुधबार ०६:५०:००

एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी गठन गरेको छ । बागमती प्रदेशको सोमबार र मंगलबारको भेलाले इन्चार्ज, केन्द्रीय प्रतिनिधि र पदाधिकारीहरूको जिम्मेवारी तोकेको हो । 

प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य र सहसंयोजकहरूमा पशुपति चौलागाईं र केदार न्यौपाने तथा सचिवमा रचना खड्कालाई जिम्मेवारी दिइएको छ । प्रदेशको भेलाले प्रदेशका १० जिल्लामा केन्द्रीय सदस्यहरूलाई इन्चार्ज तोकेको छ । जसअनुसार देवशंकर पौडेल रामेछाप, अरुण नेपाल सिन्धुपाल्चोक, कृष्ण खनाल चितवन, विरोध खतिवडा मकवानपुर, सोमप्रसाद मिश्र भक्तपुर, कमलजंग राई सिन्धुली, माधव अर्याल रसुवा, सावित्रा भुसाल काठमाडौं, जीवनराम श्रेष्ठ महानगर इन्चार्ज तथा सुरेन्द्र मानन्धरलाई काठमाडौंको सहइन्चार्ज तोकिएको छ । 

बागमती प्रदेशका जिल्लाहरूमा १७ जना नेताहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिएको छ । जसअनुसार डम्बर अर्याल सिन्धुपाल्चोक, सुवास कर्माचार्य सिन्धुपाल्चोक, राजेन्द्र लोहोनी नुवाकोट, कृष्णप्रसाद सापकोटा काभ्रे, डा. राजेन्द्रमान श्रेष्ठ भक्तपुर, सूर्य शर्मा चितवन, गुरु बुर्लाकोटी धादिङ, शिव भण्डारी दोलखा, तेम्रेल तामाङ रसुवा, गोपाल न्यौपाने दोलखा, शान्ता सापकोटा रामेछाप, सूर्यचन्द्र न्यौपाने, ललित बस्नेत मकवानपुर, सागर नेपाल काठमाडौं, कृष्णलाल महर्जन ललितपुर र गंगा नेपाल सिन्धुली छन् ।

भेलाले बागमतीका १३ वटै जिल्लामा पनि खनाल–नेपाल समूहले समानान्तर पदाधिकारी चयन गरेको छ । जसअनुसार सिन्धुपाल्चोकको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमश : झंक नेपाल, इन्द्रमाया गुरुङ, कमल नेपाल र सूर्य लामा, ललितपुरको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमशः हरिकृष्ण थापा, कृष्णमान लामा, प्रेम महर्जन, तारा संजेल र श्रीगोपाल महर्जन तोकिएका छन् । 

त्यस्तै, काठमाडौंको अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसम कार्की र उपसचिवमा एलपी श्रेष्ठ, नुवाकोटको अध्यक्षमा नारायण खतिवडा, उपाध्यक्षमा वासु बडुवाल, सचिवमा बुद्धि प्रधान र उपसचिवमा विष्णु लोहनी, सिन्धुलीको अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुंगेली तथा सचिवमा तारानिधि पोखरेल छन् ।

काभ्रेको अध्यक्षमा टोकबहादुर वाइबा, सचिवमा दीपक गौतम र उपसचिवमा भक्तकुमारी लामालाई जिम्मेवारी दिइएको छ । मकवानपुरको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवमा मनु सिग्देल, बद्री लम्साल, विष्णु ढकाल र मीना लामा, चितवनको अध्यक्षमा तेजेन्द्र खड्का तोकिएका छन् । 

धादिङको अध्यक्षमा शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिवमा सुभाष खतिवडा र उपसचिवमा शम्भु थापा, दोलखाको अध्यक्षमा भीम दाहाल, उपाध्यक्ष भीम दाहाल र सचिवमा प्रोणप्रताप केसी, रसुवाको अध्यक्षमा पेम्बा लामा र सचिवमा शिव लामिछाने, रामेछापको अध्यक्षमा शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ तोकिएका छन् । त्यस्तै, भक्तपुरको अध्यक्षमा रजन केसी र सचिवमा अनिल श्रेष्ठले जिम्मेवारी पाएका छन् । 

शुक्रबार बसेको खनाल–नेपाल समूहको स्थायी समिति बैठकले वडा तहसम्म कमिटीहरू पुनर्गठन गर्ने निर्णय गरेको थियो । निर्णयको दोस्रो दिन काठमाडौंमा भेला गरेर खनाल–नेपाल समूहले जिल्ला कमिटी पुनर्गठन अभियानलाई तीव्रता दिएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशको संयोजकको जिम्मेवारीबाट हटाएर माओवादी केन्द्रबाट प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई दिएका थिए ।