मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत २१ शनिबार १८:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिसँग झलनाथले भने- आफ्नो स्वास्थ्यभन्दा कम्युनिस्ट आन्दोलनको चिन्ता छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत २१ शनिबार १८:१८:००

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता भलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।शनिबार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । भेटमा आफ्नो स्वस्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकाे खनालले बताए । तर, आफूले आफ्नो स्वास्थ्य भन्दा पनि पार्टी र कम्युनिस्ट आन्दोलनका बारेमा चिन्ता लागेको कुरा राखेको बताए । उनले भने, ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यका बारेमा मलाई चिन्ता होइन, चिन्ताचाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यका बारेमा चिन्ता छ ।’

 भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकी इतिहास संशोधन मण्डलका अध्येता एवं प्रवर्द्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा पुगेको  र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएको खनालले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना रहेको बताएको  पनि पूर्वप्रधानमन्त्री खनालले बताए । उनले भने ‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुरा पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिका बारेमा पनि अलिकति कुराकानी गर्‍यौँ । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरू व्यक्त गरे ।’

अहिले पार्टीमा कतिपय समस्याहरू उत्पन्न भइरहेका वेलामा यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए एकताबद्ध भए भने मात्रै लाकेतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु भनेको पार्टीहरु बलियो हुने कुरा हो ।

पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने, तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’