१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ चैत १३ शुक्रबार १४:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ मा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, चार विभागीयसहित दुई राज्यमन्त्री नियुक्त  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ चैत १३ शुक्रबार १४:२१:००

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार मुख्ममन्त्री राईले टंक आङबोहाङ (लिम्बू) लाई आर्थिक मामिला तथा योजना, उषाकला राईलाई सामाजिक विकास, अम्बिरबाबु गुरुङलाई भौतिक पूर्वाधार तथा योजना, रामबहादुर मगरलाई  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको विभागीय मन्त्रीमा नियुक्त गरे ।

त्यसैगरी राजकुमार ओझालाई वन, वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्री र कला घलेलाई  भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरे ।  नियुक्त भएका चार विभागीय मन्त्रीलाई मुख्यमन्त्री र दुई  राज्यमन्त्रीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शुक्रबार दिउँसो शपथग्रहण गराएका छन् । 

प्रदेश १ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा तत्काल बहुमत प्राप्त दल एमालेका  शेरधन राईलाई नियुक्त गरेपछि ३ फागुन ०७४ मा प्रदेश १ सरकारको पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो ।  मुख्यमन्त्री राईले पहिलोपटक ५ माघ ०७६ मा चारजना राज्यमन्त्री नियुक्त गरेर पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, नेकपामा विभाजन आएपछि दुई विभागीय र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए ।